काठमाण्डु – नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिको सदस्यमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य…