एनपीएल आज दुई खेल हुँदै, पोखरा र लुम्बिनी तथा सुदूरपश्चिम र जनकपुर खेल्दै

काठमाण्डु - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार दुई खेल हुँदैछन्। बिहान पानै १२ बजे पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। ३ खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने ४ खेल खेलिसकेको लुम्बिनीलेसमेत पनि एक मात्र जित निकालेको छ। पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ।…