रवि लामिछानेका कार्यक्रमैपिच्छे विरोध प्रदर्शन, भरतपुरमा सहकारी पीडितमाथि ढुंगा प्रहार

भरतपुर – सहकारी ठगीको विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका कार्यक्रमैपिच्छे विरोध प्रदर्शन हुन थालेको छ । शुक्रबार चितवनको मुग्लिङमा सहकारी पीडितले सभापति लामिछानेलाई कालोझण्डा देखाएको भोलिपल्ट शनिबार भरतपुरस्थित नारायणकला मन्दिरमा रास्वपाको प्रशिक्षण कार्यक्रम चलिरहँदा विरोध प्रदर्शन भएको छ । सहकारी पीडितले आफ्नो पैसा फिर्ता हुनुपर्ने माग राख्दै रविविरुद्ध लगातार प्रदर्शन गरिरहेका…