काठमाण्डु-राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देनको मनोमानीले विवाद बल्झिएको छ । अध्यक्ष लिङ्देनले आफूविरुद्ध पार्टीमा समानान्तर गतिविधि चलाएको भन्दै बिहिबार महामन्त्री धवल शमशेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको हो । अध्यक्ष लिङ्देनको यो निर्णयमा पार्टीको निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले असहमति जनाएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । बिहिबार लङ्देनले…