काठमाण्डु – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन आग्रह गरेका छन् । बूढानीलकण्ठमा बुधबार जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले रचनात्मक सुझाव दिएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहने बताए । चेतनाको बाहक भएर लोकतान्त्रिक…