सत्ता गठबन्धनको बैठक बस्दै

काठमाण्डु-सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलो पटक सत्तारूढ दलहरूको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम…