काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डले नेपाललाई १५९ रनको लक्ष्य दिएको छ । तेरथाइ क्रिकेट मैदानमा पहिले टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनायो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५०, ओपनर नताया बूचाथामले पनि ५०, अफिसरा सुवानचोनराथीले २९ र नाथाकम चान्थमले १४…