भ्रष्टाचार मुद्दामा हदम्याद मान्य छैन, ‘नो इफ नो बट हाम्रो कुरा क्लियर कट’ : रवि लामिछाने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुनसुकै हालतमा पनि भ्रष्टाचार मुद्दामा हदम्याद लागू गर्न नहुने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भनाई राख्दै उनले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू गर्न नहुने बताएका हुन् । उनले आफूलाई हजाराै‌ युवाले फाेन गरेर भ्रष्टाचार मुद्दामा हदम्याद लागू गर्न नहुने भन्दै चिन्ता व्यक्त गरेकाे बताए । …