देश र जनताको लागि केही गर्न नसकिने भन्दै सांसद गुरुङले दिइन् राजीनामा

काठमाण्डु– लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । मंगलबार उनले लुम्बिनीका सभामुखसमक्ष राजीनामा बुझाएकी हुन् । देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको भन्दै उनले राजीनामा दिएकी छन् । जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले…