जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ

काठमाण्डु – कीर्तिपुर नगरपालिका–५ राराहिलस्थित एनडब्लुए नेवारी खाजा घरमा जुवातास खेल्दाखेल्दै प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । खाजा घरका सञ्चालक स्थानीय ३९ वर्षीय राकेश महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ७ हजार ७३५ रूपैयाँ र तास ३ बुकसहित पक्राउ गरेको छ…