नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाण्डु- नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२ गते बस्दैछ । समूहका संयोजक प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले उक्त बैठक सिंहदरबारस्थित अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको हलमा बस्न लागेको जानकारी दिए । नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबीच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको उनले…