काठमाण्डु - नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । पौडेल राजनीतिक व्यक्ति भएको, मौद्रिक क्षेत्रमा काम गरेको अनुभव नभएको र संस्थागत कार्यानुभव समेत नभएको दाबी गर्दै अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले उनको नियुक्तिविरुद्ध सर्वोच्चमा शुक्रबार अर्को निवेदन दिएका हुन् । उनीहरूको…