मधेशका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कुशवाहा पर्यटन र यादव वनमन्त्री नियुक्त

काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बिहीबार २ मन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । बिहीबार बसन्तकुमार कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री र सञ्जयकुमार यादवलाई वन तथा वातावरणमन्त्री नियुक्त गरिएको छ । कुशवाहा र यादवलाई बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।…