आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाण्डु – राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो । त्यही बजेट शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो । सभाध्यक्ष नारायणप्रसाद दाहालले…