आन्दोलन र संगठन विस्तारलाई एकैसाथ लैजाने राप्रपाको निष्कर्ष

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन विस्तारलाई एकैसाथ अघि बढाउने रणनीतिक निष्कर्ष तय गरेको छ । राप्रपाका शीर्ष नेतृत्व तह र स्थानीय स्तरका अगुवाहरूकोे संयुक्त भेलाले मार्गचित्र अख्तियार गरेको हो । केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार सम्पन्न काठमाण्डु उपत्यका केन्द्रित छलफलले महानगरपालिका, नगरपालिका र गाउँपालिका अन्तर्गत वडा तहसम्म चुस्त संगठन बनाउने निर्णय…