बागमतीमा एमालेका ५ मन्त्रीले बुझाए राजीनामा

काठमाण्डु – बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । बागमतीमा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सोमबार बिहान मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।…