काठमाण्डु – नेकपा माओवादी केन्द्रसँगको सत्ता सहयात्रा तोडेर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कांग्रेसभित्रैबाट आलोचना भएको छ । कांग्रेसका सांसद प्रदीप पौडेलले ओलीले विगतमा प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति नरहेको आरोप लगाए । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘केपी ओलीज्यूलाई…