एकीकृत समाजवादीको अध्यक्ष, सम्मानित नेता र महासचिवमा पुरानै नेता चयन

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएको घोषणा गरिएको छ । पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिहरूले अध्यक्षमा नेपाललाई सर्वसम्मत गर्न सुझाव दिएपछि पुरानै नेताहरू दोहोरिएका छन् । अन्य पदको टुंगो लाग्न बाँकी छ…