शिक्षक आन्दोलनमा उतारचढाव : बैशाख अन्त्यसम्म विद्यालय फर्किएलान् शिक्षक ?

काठमाण्डु – २०८० भदौ २८ गते विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता हुँदा शिक्षकहरू असन्तुष्ट बने । सरकारी विधेयकको रूपमा संसद्मा दर्ता भएको शिक्षा विधेयकका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरू नेपाल शिक्षक महासंघको नेतृत्वमा २०८० असोज ३ गतेदेखि राजधानी काठमाण्डुका सडकमा उत्रिए । शिक्षा विधेयकमा सुधार गर्न माग गर्दै शिक्षकहरू सडकमा उत्रिएपछि सरकारले वार्तामा बोलायो…