प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री सदनबाट भाग्न खोजेको कांग्रेसको आरोप

काठमाण्डु- नेपाली कांग्रेसले वर्तमान सरकारले संसदीय गरिमा र मर्यादा जोगाउन नसकेको टिप्पणी गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले सरकारले नै संसदीय गरिमा र मर्यादा भंग गरेको आरोप लगाए । भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणबारे सदनमा जानकारी नगराएको भन्दै आपत्ति…