प्रतिनिधिसभा बैठक : मलखाद, अन्तराष्ट्रिय उडान र स्वास्थ्य सेवाबारे सांसदहरुको चासो

काठमाण्डु- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानले समयमै मदखाद पाउन नसकेका, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसकेको, मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुनुपरेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले विभिन्न मुलुकबाट राजदूत फिर्ता बोलाइएको विषयमा समेत प्रश्न उठाएका छन्। सांसद मनबहादुर गुरुङले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसक्नुको…