किष्ट बैंक घोटाला प्रकरणका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

काठमाण्डु – तत्कालीन किष्ट बैंकमा भएको बैंकिङ कसूर (घोटाला) मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी रोहितलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले उनलाई काठमाण्डुको महाराजगञ्जबाट नियन्त्रणमा लिएको हो । काठमाण्डुको तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४८ वर्षीय श्रेष्ठ तत्कालीन किष्ट बैंकको ठमेल शाखामा जुनियर असिष्टेन्ट पदमा कार्यरत…