काठमाण्डु- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णयको विरोध गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले भने, ‘ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा पठाउनु कानुनविपरीत हो ।’ उनले उक्त निर्णयलाई गृहमन्त्रीको हुकुमी शासनको संज्ञा दिए । ‘मापसे गरेकालाई बिहान सडकमा ल्याएर…