पोखरीमा डुबेर दाजुभाइको मृत्यु

काठमाण्डु- पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । सुनवल नगरपालिका–६ पुलटोलका विष्णु कुँवरका २ छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । शुक्रबार पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेपछि खोजी गर्न जाँदा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको थियो…