काश्मीर आक्रमणमा मारिएका सुदीपको शव आइपुग्यो

काठमाण्डु- भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको शव नेपाल आइपुगेको छ । दिल्ली हुँदै सुनौलीसम्म आइ पुगेको उनको शवलाई भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको जानकारी दिए ।…