सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी पेश, एमाले र माओवादीको समर्थन

काठमाण्डु – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद कैलाश चौधरीले दाबी पेश गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा चौधरीले दाबी पेश गरेका छन् । उनले माओवादीका ११, एमालेका १०, नाउपाका ७ र स्वतन्त्र १ सांसदको समर्थन रहेको जनाएका छन् । सांसद कैलाश नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर मानिन्छन् ।…