कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

काठमाण्डु- नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । कर्णाली सरकारमा सहभागि कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका हुन् । जसअनुसार अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएसँगै कर्णाली सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रमा समीकरण बदलिएपछि प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको हो । राजीनामासँगै कांग्रेसले…