काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज युगान्डा गणतन्त्र प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गंगा…