विदा बस्दिन् , भोलि अफिस जान्छु : प्रधानन्यायाधीश पराजुली


काठमाडाैँ – प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय परिषद् सचिवालयको पत्र ’गैरकानुनी’ भएको बताएका छन् । विविसी नेपाली सेवासँग कुरा गर्दै पराजुलीले न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुली पदमा बहाल नरहेको भन्दै पत्र काटेको भएपनि परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार नभएको र त्यो गैरकानुनी भएको जिकिर गरेका हुन् ।

“त्यो पत्रको कुनै महत्त्व पनि छैन, क्षेत्राधिकार पनि छैन । त्यो पत्र कायम हुन सक्दैन, उनले भने “जसलाई निर्णय गर्ने अधिकार हुन्छ त्यसले मात्र त्यो दफा प्रयोग गर्न पाउने अधिकार हुन्छ । न्याय परिषद्ले गर्ने निर्णय न्याय परिषद्को सचिवले गर्न पाउँदैन। यसअघि न्याय परिषद्का सचिव नृपध्वज निरौलाले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त प्रमाणपत्रका आधारमा पराजुलीको ६५ वर्षे हद गत साउनमै पूरा भइसकेको भन्दै उनी अब पदमा बहाल नरहेको पत्र काटेका थिए ।

प्रधानन्यायाधीश पराजुलीले आफु विदाम नवस्ने स्पष्ट पारेका छन् । पराजुली भन्छन् म अहिले विदामा बस्न र राजीनामा दिन तयार छैन् र गैरकानुनी निर्णयबाट अवकासबाट हुनुहुन्न भन्ने हो । कतिपयले महाअभियोग लगाउने कुरा गरेका छन् नी भन्ने पश्नमा उनी भन्छन् अहिले त्यस्तो अबस्था छैन ।

तर, म २०१० वैशाख १६ गते जन्मिएको हुनाले त्यही मिति कायम गरेर जागिर पनि त्यसरी खाएको, सिटरोलपनि त्यसरी नै भरेको । मेरो न्याय परिषद्को निर्णय पनि त्यस्तै छ।“ उनले विविसिसँग भनेका छन् । न्याय परिषद् सचिवालयले लेखेको पत्रको वैधानिकताबारे कानुनविद्हरूले भिन्नभिन्न धारणा राखेका छन्।

पराजुलीले न्याय सेवा प्रवेशका क्रममा पेश गरेका शैक्षिक प्रमाणपत्र र नागरिकताका आधारमा उमेर हद पुगेकाले पदमुक्त गरिएको न्याय परिषदका उच्च अधिकारीले बताएका छन् । न्याय परिषद्का सचिव नृपध्वज निरौलाका अनुसार, प्रधानन्यायधीस पराजुलीले परिषद्को सचिवस्तरीय निर्णयबाट पराजुलीलाई पदमुक्तको पत्र थमाइएको हो ।

सचिव निरौलाले भने, ‘न्यायपरिषदमा रहेका पराजुलीले बुझाएका प्रमाणपत्र र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार पठाएको पत्रमा प्रधानन्यायधीश पराजुलीको ६५ वर्षे उमेर हद साउन २१ मा पुरा भएको देखिन्छ ।’ उनले भने, ‘सचिवले निर्णय गर्ने हो, परिषदमा रहेका कागजपत्र र सानोठिमीको पत्रका आधारमा पदमुक्त गरिएको हो ।’

सम्बन्धीत समाचार

‘नेपालको कानुन दैवले जानुन् ’

कायममुकायम प्रधानन्यायाधीसको जिम्मेवारी सम्हालेकाे छुः दिपकराज जोशी

प्रधानन्यायाधीस पराजुलीकाे बर्खास्त अाधारमै त्रुटी, कार्यकाल अझै २ बर्ष बाँकी

‘पदमुक्त’ प्रधानन्यायाधीशबाटै राष्ट्रपति भण्डारीले लिईन सपथ

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

 

प्रतिक्रिया दिनुहोस
Advertisement