पोखरा – सरकारी छाप दुरुपयोग गरेको आरोपमा नेविसंघका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१९ पुरुन्चौर घर भई हाल नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोलासहित पोखराको चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र २९ वर्षीय विवेक श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका बास्तोला नेविसंघका केन्द्रीय सदस्य छन्…