काठमाण्डु – कुवेतमा मासिक २८ हजार रूपैयाँ तलबमा काममा लगाइदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बो पुर्याई मानव बेचबिखन गरेको अभियोगमा रसुवाको नौकुण्ड गाउँपालिका–१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाइदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा…