काठमाण्डु – नेपाल वायु सेवा निगमले २ कर्मचारीलाई निलम्बन गरेको छ । नक्कली कीर्ते कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि निगमको यात्रु सेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई निलम्बन गरिएको हो । निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले दुवैलाई निलम्बन गरिएको…