काठमाण्डु – प्रहरीले नक्कली नोटसहित पर्साको वीरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका–३ का उमेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता तथा सूचना…