अवैध लागूऔषधसहित १ जना पक्राउ

काभ्रे – पनौती नगरपालिका–७ बसपार्कबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले १६ ग्राम, गाँजाको धुलो (पोल्याण्ड) ३० ग्राम, सिरिन्ज ३ सेट र नुर्फिन ३ एम्पुलसहित पनौती नगरपालिका–७ एलोछे टोल बस्ने २९ वर्षीय सरोज देउजालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ…