अवैध लागूऔषधसहित मकवानपुर र कैलालीबाट २ जना पक्राउ

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले मकवानपुर र कैलालीबाट २ जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब २ किलो ५०० ग्रामसहित राक्सिराङ गाउँपालिका–१ बस्ने २८ वर्षीय जीवन लामा समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा३ख ८३८२…