नवलपरासी – प्रहरीले स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन् । भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु९०प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागेर चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी…