विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटाको लेगुवास्थित रामबजारमा झापड हान्ने प्रयास भएको छ । एमालेको जारी संकल्प यात्रामा बिहीबार धनकुटा प्रवेशका क्रममा लेगुवाघाटमा अध्यक्ष ओलीमाथि स्थानीय महेश राईले झापड हान्न खोजेपछि उनलाई पक्राउ गरिएको छ । झुलाघाट–चिवाभञ्ज्याङ अभियानअन्र्तगत भोजपुरको कार्यक्रम सम्पन्न गरी धनकुटा प्रवेश गर्ने क्रममा लेगुवाघाटस्थित रामबजारमा राईले झापड हान्ने प्रयास…