डान्सबारमा जुवातास खेल्ने, खेलाउने १३ जना पक्राउ, ४ लाख नगद बरामद

काठमाण्डु – ललितपुर महानगरपालिका–८ ग्वार्कोस्थित नन स्टप डान्सबारको भवनमा जुवातास खेल्ने, खेलाउने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएराति ११ बजेको समयमा जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध महाशाखाको संयुक्त टोली खटिएर हेर्दा भवनको पाचौं तलाको कोठामा बाहिरबाट च्यानल गेटमा ताल्चा लगाई जुवा खेल भइरहेको पाइएको हुदाँ…