कटुवा पेस्तोलसहित १ जना भारतीय नागरिक पक्राउ

महोत्तरी - सोनमा गाउँपालिका–५ खयरबनी चोकबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् । पेस्तोलमा लाग्ने गोली १ राउन्ड, किल्ला उक्काउने रड २ थान र पेचकस १ थानसहित भारतको बिहार राज्य सितामढी जयनगर ग्रामपञ्चायत–११ बस्ने २४ वर्षीय बलबिन्द्र महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ…