जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

कैलाली – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिकाबाट ८ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने २७ वर्षीय ओमप्रकाश कठायतको दकाजी किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा कठायत समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३० हजार ५७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ…