काठमाण्डु – प्रहरीले काठमाण्डुको बाफलबाट एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाण्डुको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको हो । बाफलस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको गोप्य सूचनाका आधारमा प्रहरी त्यहाँ…