काठमाण्डु – पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर ८ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले चितवनको खैरेनी नगरपालिका–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट २६ वर्षीय समिरकुमार कर्णलाई पक्राउ गरेको छ । उनले सम्पूर्ण तामाङलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर मासिक १…