काठमाडौं – सडक विभाग अन्तर्गतका इन्जिनियर भरतराज आचार्यले तीन करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको पाइएको छ । सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यमाथि उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको थियो । अनुसन्धानका क्रममा निजले नेपाल सरकारको सरकारी सेवा…