जुवातास खेल्ने ६ जना पक्राउ

काभ्रे - शनिबार बेलुका प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट उनीहरुलाई ७३ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट १ बुक तास र १६ थान कौडासहित प्रहरीले बरामद गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट…