आलममाथिको थुनछेक बहस सकियो, आदेश आजै आउने

काठमाडौं – बम विस्फोटमा घाइतेलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद आफ्ताब आलममाथिको थुनछेक बहस सकिएको छ । एक साताभन्दा बढी समयदेखि जारी बहस शुक्रवार सकिएको हो । केहीबेरमा आदेश आउने सम्भावना रहेको छ । मुद्दामा प्रतिवादी रहेका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री आलमको तर्फबाट बहस गर्ने अधिवक्ताहरुको सूची लामो भएकाले…