काठमाण्डु – गृहमन्त्री रमेश लेखकको साथी भएको बताउँदै सरकारी कर्मचारीलाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई टेलिफोनमार्फत धाकधम्की दिएको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट ५० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–३ बस्ने श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना…