सिरहा- गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ । गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् । मंगलबार बिहान गोठालाहरु झाडी बुट्यान छेउछाउबाट गन्ध चलेको चर्चा भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई…