काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुलाई संगठित रुपमा आपराधिक लाभ लिएको आरोप…