काठमाण्डु – अष्ट्रेलिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङको धुनिवेशी नगरपालिका–८ जीवनपुर घर भई काठमाण्डु महानगरपालिका–२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौलालाई प्रहरीले पक्राउ गरेको छ । गर्तौलाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद १७ लाख रूपैयाँ लिई…