मोरङ– मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ पक्राउ परेका छन् । करिव ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात उनका ज्वाईँ रविन राई फरार रहेका थिए । ज्वाईँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो…