काठमाण्डु– नेपाली कांग्रेसमा सस्थापन इतरका नेताहरू नै उपसभापति धनराज गुरुङमाथि सहकारी प्रकरणमा छानबिन गर्नुपर्ने पक्षमा देखिएपछि पदाधिकारी बैठक छानबिन गर्नुपर्ने निष्कर्षमा पुगेको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा ललितपुरको मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा उपसभापति गुरूङ जोडिएकाले छानबिन गर्न पार्टीले अवरोध गर्न नहुँने कुरा उठेको थियो । धारणा राख्ने अधिकांश…