इन्डोनेसियाको पूर्वी हलमहेरा टापुस्थित माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ९ जना सिङ्गापुरका नागरिक रहेको उद्धार अधिकारीहरूले बताएका छन्। ज्वालामुखी विस्फोटपछि बेपत्ता भएका २० जनाको खोजी कार्य जारी रहेको स्थानीय उद्धार अधिकारी इवान रामदानीले जनाएको छ । घाइतेहरूको अवस्थाबारे भने अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। वैज्ञानिकहरूले…